५ कार्तिक २०८३, बिहिबार

दुश्मनीका कारण कुमार घैँटे मारिए, प्रहरीसँग लेनदेनको विवाद थियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-gaite-2काठमाडौं, ४ भदौ । कुमार घैँटे मारिनुको कारण प्रहरीभित्रको दुई धार हो । अहिले अपराध महाशाखामा रहेका प्रहरीको घैँटेको समूहसँग दुश्मनी छ ।

त्यही कारण उनी नै टार्गेट भएको स्रोत बताउँछ । अर्कोतर्फ घैँटेको केही उच्च प्रहरी अधिकारीसँग लेनदेनको विषयलाई लिएर विवाद बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्यस्तै एमालेनिकट डन दिनेश अधिकारी चरीलाई मात्र इन्काउन्टर गरेर अरूलाई सहयोग गरेको आरोप प्रहरीमाथि थियो ।

घैँटे र चरी कट्टर दुस्मन थिए । प्रहरी व्यक्ति होइन गुन्डागर्दीविरुद्ध आफू सक्रिय रहेको सन्देश दिन चाहन्थ्यो ।

पुष्कर कार्की अपराध महाशाखामा हुँदा मारिने डरले घैँटे अधिकांश समय विदेशमा लुकेका थिए ।