१ कार्तिक २०८३, शनिबार

सुजुकीको ‘जिक्सर एसएफ बाईक’ महेन्द्रनगर बजारमा, के–के छन् नयाँ सुविधा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujuki-bike

– डम्मर राज भट्ट

महेन्द्रनगर, ३ भदौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सुजुकीको ‘जिक्सर एसएफ मोटो जिएफ स्पोर्ट’ नामक नयाँ मोटरसाइकल आएको छ ।

कञ्चनपुरमा रहेको सुजुकी कम्पनीको आधिकारिक डिलर ठकुराठी इन्टरप्राइजेज अटोमोवाईल्सले नयाँ ब्राण्डको मोटरसाइकल महेन्द्रनगर बजारमा भिर्‍याएको हो ।

‘जिक्सर एसएफ मोटो जिएफ स्पोर्ट’ मोटरसाइकलको विहीबार एक कार्यक्रमकाबीच महेन्द्रनगरमा सार्वजनिक गरिएको छ । एमएनआर प्रिन्सिस प्रतियोगिताका बिजेता प्रतिक्षा चन्दले सो मोटरसाईकको रिबन काटेर उद्घाटन गरेकी हुन् ।

Sujuki-bike-1

राजधानी काठमाडौं लगायत अन्य सहरमा नाम चलेका नायिका तथा मिस नेपाल बिजेताहरुबाट यस्ता मोटर ब्राण्डहरु सार्वजनिक गदिँदै आएपनि, महेन्द्रनगरमा भने, स्थानीय एमएनआर प्रिन्सिस विजेता चन्दबाट उद्घाटन गरिएको हो ।

Sujuki-bike-2

ठकुराठी इन्टरप्राइजेज अटोमोबाईल्सका संचालक दानसिंह ठकुराठीले उपभोक्ताहरुको माग अनुसार बजारमा सो ब्राण्डको मोटरसाईकल भिर्‍याएको जानकारी दिए । उनका अनुसार अन्य मोटरसाइकल भन्दा कम तेल खपत हुने र राम्रो पिकअफ तथा सीसी भएको मोटरसाईकल गिक्सर एसएफ भएको बताए । १५५ सीसी, ५०/५५को माईल जाप्निज स्र्पोटको उक्त मोटरको मुल्य २ लाख ७६ हजार ९ सय निर्धारण गरिएको छ ।

उहाँले दशैँलाई मध्यनगर गरेर २ सय मोटरसाईकल बिक्री गर्ने लक्ष्य रहेको समेत बताए । केही समयमै मोटरसाईकल एक्सचेन्जको कार्यक्रम ल्याईने उनको भनाई छ ।