काठमाडौं, ३ भदौं । सभामुख सुवासचन्द्र नेम्वाङले सांसदहरुले शून्य समयमा राख्नुभएको महत्वपूर्ण विचार र माग शून्यमा बिलाउन नदिन सरकार उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “यस विषयमा मैले सरकारलाई पटक पटक रुलिङ पनि गरेको छु, सरकारले पनि सदनलाई जानकारी गराएको छ ।” शून्य समयको उपादेयता औँल्याउँदै सभामुख नेम्वाङले यस समयमा उठेका विषय सरकारबाट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख नेम्वाङले रकम तोकेर जनतालाई आन्दोलनमा आउन आह्वान गर्नु मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – “यस्तो विषय सोच्न पनि सकिँदैन । यसबारेमा म गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु र अविलम्ब सदनलाई जानकारी गराउन निर्देश पनि गर्दछु ।” रासस















प्रतिक्रिया