
– सुुदीप अधिकारी
बर्दिया, ३ भदौ । बर्दियामा पसल बन्द गराउँदै हिडेका थरुहटका कार्यकर्तालाई स्थानीयले ढुंगा हान्दै लखेटेका छन् । प्रदर्शकारीले बासगढी बजारको एक मिठाइ पसलमा तोडफोड गरेपछि त्यहाँको स्थिती तनावग्रस्त बनेको हो ।
जवरजस्ती पसल बन्द गराउँदै, तोडफोड गर्दै हिडेका बन्दकर्तालाई स्थानीयले ढुंगा प्रहार गरेर लखेटेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले प्रहार गरेको ढुंगा लागेर एक जना प्रर्दशनकारी घाइते भएका छन् । उनको टाउकोमा ढुंगा लागेको बताइएको छ ।
प्रर्दशनकारी तोडफोडमा उत्रेपछि बाँसगढी बजारमा केहीबेर तनाब भएको थियो । बन्द गराउन थरुहटका कार्यकर्ताले एक घर, एक व्यक्ति भन्ने उर्दी जारी गरेका थिए । बिहानैदेखि बासगढीबजारमा आन्दोलनकारीको भिड लागेको थियो ।
तोडफोड र ढुंगामुढा हुन लागेपछि बासगढी क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।












प्रतिक्रिया