काठमाडौं, ३ भदौं । इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेमाथि प्रहरीले १० राउण्ड फायर गरेको छ ।
राजधानीको सामाखुसीस्थित कपुरधारामा आज विहान साढे ११ बजेको समयमा प्रहरीले घैंटेमाथि पेस्तोल र बन्दुकले १० राउण्ड फयरिङ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
१० राउण्ड फायरिङका क्रममा घैँटेको छातीमामा ८ वटा गोली लाग्यो । छातीमा ८ राउण्ड गोली लागेर पनि उनी भुईमा ढलेनन् । त्यसपछि प्रहरीको टोलीले उनलाई समातेर अस्पताल पुर्यायो । अस्पताल पुर्याउँदा समय आधा घण्टा भइसकेको थियो । अस्पताल पुर्याउँदा उनी वेहोस भए । अस्पतालमा चिकित्सकको टोलीले इमरजेन्सी कक्षमा राखेर उपचार सुरु गर्यो । त्यती बेलासम्म पनि उनको शरीरमा स्वासप्रश्वास प्रक्रिया चलिरहेको थियो । उपचारकै क्रममा करिब आधा घण्टापछि उनको धड्कन रोकियो । उनले संसार छाडे । छातीमा ८ वटा गोली लागेर पनि यसरी घैंटे एक घण्टासम्म जिउँदै थिए ।
सामान्य मान्छेहरुको छातीमा एक गोली लाग्नेवित्तिकै मृत्यु हुने चिकित्सकहरु बताउँछन् । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले घैंटेको छातिमा ८ गोली भेटिएको बताए । ‘अस्पतालमा उपचार क्रममा उनको शरीरमा ८ वटा गोली भेटिएको छ, हाम्रो टिमले १० राउण्ड फायर गरेको थियो ।’ उनले भने ।
घैटेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको थियो । अवैध चन्दा असुली र गुन्डा गर्दी गर्दै आएका घैंटेको नाम प्रहरीको मोस्ट वान्टेट सूचीमा थियो । प्रहरीले गोली प्रहार गर्दा राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन् । उनीहरूको खुट्टामा गोली लागेको छ ।















प्रतिक्रिया