९ कार्तिक २०८३, सोमबार

प्रहरीद्वारा गुन्डा नाइके कुमार घैंटेमाथि काठमाडौंमा गोली प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-gaitaeकाठमाडौं, ३ भदौं । चर्चित गुन्डा नाइके कुमार घैंटेमाथि राजधानीको सामाखुसी चोकमा प्रहरीले गोली प्रहार गरेको छ ।

घैंटेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली प्रहारबाट घाइते भएका घैंटेलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ ।

उनलाई पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोली र घैंटेको समूहबीच भीडन्त हुँदा प्रहरीको गोली लागेर उनी घाइते भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटे घाइते भएको एसएसपी खनालको भनाई छ ।

गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । घटनामा घैंटेसँगै उनका दुई सहयोगी पनि घाइते भएका छन् । उनीहरुलाई पनि हाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । घैंटेलाई कति गोली लागेको छ भन्ने खुलेको छैन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसअघि अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो ।

यो पनि पढ्नुहोस् । 

गुन्डा नाइके कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिए