२१ कार्तिक २०८३, शनिबार

घरेलु मैदानमा भुटानसँग भिड्दै नेपाल, नेपाली टिममा को-को छन् खेलाडी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-garthi-magarकाठमाडौं, ३ भदौ । आजदेखि काठमाडौंमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल भुटानसँग खेल्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्स सातदोबाटोमा दिउँसो साढे तीन बजे सुरु हुने खेलमा नेपालले घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगिताको उपाधिका लागि नेपालले पूर्ण तयारी गरेको नेपाली टीमका प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

उद्घाटन खेलमा नेपाली टोलीको कप्तानी युवा स्ट्राइकर विमल घर्ती मगरले गर्दैछन् । नेपाली टीममा सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोल रक्षक रहेका छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा, गौरव बुढाथोकी र कमल श्रेष्ठ छन् ।

मिडफिल्डरमा हेमन्त थापामगर, द्रोण थापा, तेज तामाङ, किरण सुनार, विश्वार श्रेष्ठ, सुशन लामा र सुनील बल छन् भने स्ट्राइकर विमलसँगै अञ्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जोनममान लिगल रहेका छन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित भुटान र बंगलादेश छन् भने, समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले मंगलबार बंगलादेशको सामना गर्ने छ ।