९ कार्तिक २०८३, सोमबार

एकै नम्बर प्लेटका दुई वडा गाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeep_large_BWम्याग्दी, ३ भदौ । म्याग्दीमा प्रहरीले बुधबार एकै नम्बर प्लेटका दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।

बेनीको कालीपुल बसपार्कबाट यातायात व्यवस्था कार्यालय कास्की पोखरामा दर्ता भएको ग२च १६६२ नम्बरको दुईवटा कार नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको हो ।

ग२च १६६२ नम्बरको रातोरङ्गको र सोही नम्बर प्लेट भएको खैरो रङ्गको कारको नम्बर मिलेपछि नियन्त्रणमा लिएर छानबिन सुरु गरेको प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले जानकारी दिनुभयो ।

दुईवटै गाडी रातो नम्बर प्लेट भएका निजी सवारी हुन् । एउटा गाडी पोखरा नयाँ बजारका रेशम रोका र अर्को पोखरा–१२ का मीनबहादुर थापाको नाममा दर्ता भएको देखिएको छ ।

दुईवटा गाडीको एउटै नम्बर प्लेट कसरी भयो भन्ने विषयमा यातायात व्यवस्था कार्यालय पोखरालाई पत्राचार गरी म्याग्दी प्रहरीले जवाफ माग गरेको छ । रासस