५ कार्तिक २०८३, बिहिबार

प्रहरीले छापा हान्दाहान्दै फरार भए कन्सल्टेन्सीका संचालक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1434722589_consultancyकाठमाडौं, ३ भदौ । राजधानीका गल्लीगल्लीमा एजुकेशन कन्सलटेन्सीका बोर्ड देख्न सकिन्छ ।

शैक्षिक परामर्श दिने र भाषा पढाउने नाममा खुलेका ती कन्सलटेन्सीहरुले के काम गर्छन् भन्ने कसैले अनुगमन गरेको छैन ।

कन्सलटेन्सीमा हुने अवैध गतिविधिले पछिल्लो समय महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको ध्यान खिचेको छ ।

उनले राजधानीमा कन्सलटेन्सीको नाममा मानवतस्करी गर्दै आएका अखडाहरुमा धमाधम छापा हान्न थालेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

प्रारम्भिक अनुसन्धानमै उपत्यकामा एक सय भन्दा धेरै कन्सलटेन्सीहरु अवैध रहेको खुलेको छ । महाशाखाले मंगलबार काठमाडौं र ललितपुरका २३ कन्सलटेन्सीहरुमा छापा हानेको थियो ।

त्यस्तै बुधबार पनि थापाथलीका दर्जनौ कन्सल्टेन्सीमा छापा हानिएको छ । छापा हान्दा केही कन्सल्टेन्सीहरु भागेका थिए ।

थापाथलीको वल्डवाइड इन्टरनेशनल एजुकेशनका दिपक शाह पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

शैक्षिक परामर्श मात्र दिने पाउने कम्पनीहरुले शिक्षाको नाममा बैदेशिक रोजगारमा समेत पठाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

कन्सलटेन्सीका २४ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको एसएसपी खनालले बताए । मंगलबार छापा हानिएका कन्सलटेन्सीबाट मात्र ६७ वटा पासपोर्टहरु बरामद भएका छन् । जबकी कन्सलटेन्सीले यसरी पासपोर्ट संकलन गर्न नै पाउदैनन् ।

कन्सलटेन्सीहरुले मानवतस्करी तथा कीर्ते र ठगीको काम गर्दै आएको सूचनाका आधारमा छापा हानिएको महाशाखाका प्रमुख एसएसपी खनाल बताउँँछन् ।

शिक्षा मन्त्रालयबाट अनुमती नलिई एजुकेशन भिषामा विदेश पठाउने काम गर्दे आएका कन्सलटेन्सीहरुमा छापा हानी प्रहरीले अनुसन्धान थालेको हो ।

मन्त्रालयबाट अनुमती लिएकाहरुले पनि गैरकानुनी काम गरेको हुनसक्ने भन्दै महाशाखाले छानिबन थालेको छ ।

प्रहरीले ग्रिन माउण्टेन कुपण्डोलका राजेन्द्र पोखरेल, फूयुचर एजुशेकसन कन्सलटेन्सीका बिजय कुमार बस्नेत, सिएसए नेपाल लगनखेलका दिपेन्द्र बज्राचार्य, सुभारु कन्सलटेन्सी लगनखेलका अन्जान कुमार थापा, न्यूयान कन्सलटेन्सीकी रश्मी श्रेष्ठलाई पक्राउ गरेको छ ।

त्यस्तै, बागजबारस्थित ए टु जेड कन्सलटेन्सीका शिव अर्याल, बागबजारकै सिकास बिज्र स्टडी टू चाइनाका डा।एरीस उप्रेती, क्यानन इन्टरनेशनल लोकेन्द्र सुवेदी, ओसियस माइग्रेसन कन्सलटेन्सीका राम थापा , सबलिङ कन्सलटेन्सीका समर शाह, थिङक एजुकेशनका जीवन थापा पनि पक्राउ परेका छन् ।

त्यस्तै, बागबजारकै मिराज जापनीज ल्याङवेज सेन्टर एण्ड कन्सलटेन्सीका सुदीप पराजुली, नाइस एजेकुशेन पुतलीसडकका दामोदर शर्मा, वेभ इन्टरनेशनल पुतलीसडकका दीपक पुडासैनी, एडुफाई कन्सलटेन्सीका प्रकाश पाठक ग्लोबल एजुकेशन हब बानेश्वरकी सपना पौडल , पास्कल टेक्नो एजुकेशन कन्सलटेन्सी बानेश्वरका देवकृष्ण केसी, सेक्युर लाइफ इन्टरनेशनल ग्रुप चाबहीलका रामचन्द्र ओली, लोटस फ्यावर इन्टरनेशनल चाबहीलका ज्ञानेन्द्र सिम्खडा र शिशिर वाग्ले, मिसन अर एजुकेशन कन्सलटेन्सी कमलादीका प्रभात श्रेष्ठ, स्टाईवार्ड एजुकेशन एण्ड रिसर्च सर्भिसका किरण अधिकारी पक्राउ परेका छन् ।

पुतलीसकडस्थित इष्ट वेष्ट जापनीज ल्याङवेज एकेडेमीका संचालक भने फरार छन् । सबैभन्दा धेरै इष्ट वेष्टबाटै २७ वटा पासपोर्ट बरामद भएको छ ।

कन्सलटेन्सीबाट ठुलो संख्यामा पासपोर्टहरु समेत बरामद भएकाले उनीहरुले मेनपावरको काम गर्दै आएको प्रष्ट भएको एक अधिकारी बताउँछन् ।

उनीहरुले बिदेश जानलाई परामर्श दिने अनुमती मात्र सरकारबाट लिएका छन् । नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने, भिषा प्रोसेसिङको काम समेत गर्दै आएका छन् ।

त्यसबापत मनलाग्दो शुल्क असुली गर्दै आएका छन् । प्रहरीले शिक्षा मन्त्रालयमा अनुमतिका लागि पर्खिएका तर राम्रो काम गर्ने त्यस्ता कन्सलटेन्सीहरुलाई भने केही नगर्ने जनाएको छ ।

यसैबीच इक्यानको बुधबार बसेको बैठकले प्रहरीले छापा मारेकामध्य २ वटा मात्र इक्यानमा आबद्ध रहेको जनाउँदै गैरकानूनी काम गर्ने कन्सलटेन्सीहरुको अनुसन्धानमा प्रहरीलाई सघाउने समेत जनाएको छ ।