
काठमाडौं, ३ भदौ । सोमबारको संसदको बैठकमा कांग्रेंस सभासद् अमरेशकुमार सिंहकाविरुद्ध अन्य सभासद्हरुले चर्काे आलोचना गरे ।
पाकिस्तानबाट बंगलादेश जस्तै देश टुक्राउने भनेर बिखण्डनवादी अभिव्यक्ति दिएका सिंहको उक्त अभिव्यक्ति विवादमा छ ।
गत सोमबार संसद्ले त्यसबारे छानबिन गर्ने जिम्मा राज्य व्यवस्था समितिलाई दिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सोही अनुसार मंगलबार राज्य व्यवस्था समितिको बैठक बोलाइएको थियो । बैठकमा सभासद्हरुले सभासद् सिंहको भनाईको गम्भीर रुपमा छानबिन हुनुपर्ने बताए ।
तर बैठकमा एक जना सभासद्ले भने अमरेशमाथि छानबिन गर्नु आवश्यक नभएको बताए । नेपाली कांग्रेसकै सभासद् आरजु देउवाले छानबिन गर्नुृको कुनै औचित्य नभएको भन्दै त्यसमा अमरेशको पक्षमा बोलिन् ।
जसलाई धेरैले आश्चर्यका साथ लिए । पछिल्लो समय अमरेशमाथि कारबाही गर्न नेपाली कांग्रेसभित्रै माग बढ्दै गएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति सुशील कोइरालाले समेत उनलाई स्पष्टिकरण सोधिसकेका छन् ।
तर कांग्रेस नेता शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले भने अमरेशको पक्षमा बोलेपछि कांग्रेसकै सभासद्हरु आश्चर्यमा परेका हुन् ।
कांग्रेसलाई महाधिबेशन लागिसकेको अवस्थामा आरजुले अमेरशको पक्षमा बोल्नुलाई अमरेश देउवा प्यानलमा आबद्ध रहेको संकेत पनि दिन्छ ।
मंगलबारको बैडकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले अमरेशको अडियो अर्काे बैठकमा सुन्ने बताएपछि समितिका सभासद्हरुले यही बैठकमा सुन्नुपर्ने भन्दै होहल्ला गरेका थिए ।
कार्यक्रममा कांग्रेसकै सभासद् ईश्वरी न्यौपानले बिदेशीको निर्देशनमा केही सभासद्हरुले जातीय सद्भाव भड्काउने र अजराक गतिविधि गरेको आरोप लगाइन् ।
राष्ट्रिय जनमोर्चाका सभासद् चित्र बहादुर केसीले गा“जियावादमा चुनाव लडेकाहरु नेपालमा सभासद् हुदा देशमा अहिले समस्या भएको बताएका थिए ।















प्रतिक्रिया