५ कार्तिक २०८३, बिहिबार

रोजगारीका लागि कोरियाको आकर्षण बढ्दो, पचास हजार युवाले फारम भरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korea examकाठमाडौं, ३ भदौ । घर, कार र करिअर मध्यम वर्गीय नेपाली युवाको एउटा जबर्जस्त सपना हो ।

त्यही सपना पछ्याउँदै कोही अमेरिका पुगेका छन् त कोही युरोप। दक्षिण कोरिया नेपाली युवाका लागि एउटा यस्तो गन्तव्य हो जहाँ पुग्न धेरै पैसा खर्च हुँदैन।

पढाइमा अब्बल भइरहनु पर्दैन। र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी एजेन्सीमा काम गर्नेहरुले जतिकै कमाउन सकिन्छ— मासिक लाख रुपैयाँभन्दा बढी।

नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएसको पढाइ सकेका पर्वतका जीवन पोखरेल यतिबेला रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारीमा छन्।

कोरिया जान पाए मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्थ्यो भन्ने सपना सम्झेर उनी कोरियाली भाषाको तयारी गर्दैछन्। ‘हाम्रो स्तरको पढाइले नेपालमा त्यति कमाउने गरी जागिरै पाइँदैन’, उनी भन्छन्, ‘सोर्सफोर्स बिना त काम पाउनै गाह्रो छ।’

इपिएसमार्फत् कोरिया लाने कामदार छनौटका लागि कोरियाली भाषा परीक्षा आगामी असोज २ र ३ गते हुँदैछ। जीवन सो परीक्षामा सहभागी हुँदैछन्।

उनीसँगै ५० हजार नेपाली युवाले कोरियाली भाषाको जाँच दिन फारम भरेका छन्। ‘सरकारी समन्वयमा थोरै पैसा तिरेर राम्रो कमाइ गर्न सकिने हुनाले युवामा कोरिया आकर्षण बढ्दो छ’, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला भन्छन्, ‘करिब ५० हजार युवाले आवेदन फारम दर्ता गराएका छन्।’

यस अघि पाँचौं पटकको परीक्षामा करिब ६० हजार परीक्षार्थी सहभागी भएको समाचार नागरिक दैनिकले छापेको छ ।

रोजगार अनुमति प्रणालीअनुसार कोरिया पठाउन थालिए (२००८)देखि हालसम्म यस्तै सपना देख्ने ३२ हजार ५ सय युवा कोरिया गइसकेका छन्।