१ कार्तिक २०८३, शनिबार

पहिलो महिनामै रु एक करोडभन्दा बढी राजस्व सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhansarभीमदत्तनगर, २ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२/७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

साउन महिनामा मासिक लक्ष्य रु ८८ लाख ६८ हजार राखिएको भए पनि रु एक करोड तीन लाख राजस्व सङ्कलन गरेको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आव २०७२÷७३ मा कार्यालयले रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको छ ।

“भन्सार लक्ष्य तीन वर्षअघिको भन्दा दोेब्बरले वृद्धि गरेका छौँ” उहाँले भन्नुभयो । गत आवमा पनि भन्सार कार्यालयले लक्ष्यभन्दा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । गत वर्ष रु १० करोड ३२ लाख लक्ष्य राखेको थियो ।

“राजस्व सङ्कलन रु १३ करोड ६१ लाख भएको थियो” उहाँले भन्नुभयो । भदौ महिनामा रु एक करोड २५ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ । त्यसैगरी आगामी असोज र कात्तिकमा क्रमशः रु एक करोड १० लाख र रु एक करोड २४ लाख राजस्व सङ्कलनको मासिक लक्ष्य लिएको उहाँले बताउनुभयो ।

आव २०६९÷७० मा रु चार करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा राजस्वप्रति जनचेतना बढेकाले राजस्व असलीमा वृद्धि भएको हो । भन्सार चेकपोस्टमा सिसिटिभी क्यामेरा जडान र भन्सार कार्यालयको आन्तरिक अन्य पक्षको सुधारका साथै सुरक्षा सर्तकताका कारणले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।

त्यसैगरी भन्सार कार्यालयमा आधुनिक इन्टरनेट प्रविधिको जडानका साथै अन्य आधुनिक भौतिक संरचनासमेत निर्माण गरिएको छ । रासस