काठमाडौं, २ भदौं । संविधानका विवादित विषयमा सहमति जुटाउन कसरत गरिरहेको उच्चस्तरीय राजनीतिक विशेष समितिले ६ प्रदेशमा थपघट नगर्ने सहमति गरेको छ ।
सिंहदरबारमा बुधबार विहानैदेखि बसेको बैठकमा प्रदेश थपघट नगर्ने सहमति भएको बैठकमा सहभागी एमाले उपमहासचिव विष्णू पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘६ प्रदेशमा नबढ्ने गरेर सहमति भयो, अन्य विषयमा पनि मोटामोटी सहमति भइसकेको छ, हामी सहमति नजिक छौं, भोलीसम्म सबै विषयमा टुङ्गो लगाउने तयारी छ ।’ उहाँले ६ प्रदेशको सीमांकनमा मोटामोटी सहमति भइसकेको बताउँदै धेरै ठाउँमा फेरबदल हुने सम्भावना नरहेको बताउनुभयो ।
यसअघि पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउन विशेष समितिमा केही नेताहरुले प्रस्ताव गरेका थिए ।













प्रतिक्रिया