९ कार्तिक २०८३, सोमबार

ताप्लेजुङमा पहिरोमा पुरिएर एक बालिकाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiero (2)ताप्लेजुङ, २ भदौ । बाटोमा हिँडिरहेको समयमा मािथबाट झरेको पहिरोमा पुरिएर ताप्लेजुङमा आज एक बालिकाको ज्यान गएको छ ।

बिहान घरबाट नजिकै रहेका आफन्तको घरमा जाने क्रममा पहिरो खस्दा जिल्लाको सान्थाक्रा–७ निवासी मनिस चोङ्वाङ लिम्बूकी चार वर्षीया छोरी बिर्सिला चोङ्वाङ लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताउनुभयो ।

बिहान करिब ९ बजेतिर बाटोमा हिँडिरहेको समयमा माथिबाट एक्कासि झरेको पहिरोले बालिकालाई पुरेको थियो । पहिरो जानासाथ स्थानीयले देखेपछि पहिरो खनेर मृत बालिकाको शवलाई निकालिएको थियो । रातभर पानी परेको र बिहान पनि पानी परिरहेकाले पहिरो खसेको स्थानीय विष्णु केदेमले बताउनुभएको छ ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक फागोको नेतृत्वमा प्रहरीको टोली अहिले जाँदै गरेको प्रहरीले जनाएको छ । बालिकाको शव घटनास्थलमा नै रहेको स्थानीय विष्णु केदेमले बताएका छन् । रासस