९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा झर्नाखोलाको बाढीले पुल बगायो, विद्यार्थीहरु मर्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badiमहेन्द्रनगर, २ भदौ । बाढी कटान र डुबानको समस्या झेल्दै आएको कञ्चनपुरमा झर्नाखोलाको बाढीले बेल्डाँडी–बेलौरी जोड्ने सडकखण्ड अन्तर्गतको पुल बगाँएको छ ।

पुल बगाउँदा त्यहाका विद्यार्थीहरु समस्यामा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बेलौरी नगरपालिका भएर बग्ने झर्नाखोलामा निर्माण भएको काठे पुल बगाँउदा विद्यार्थीहरु समस्यामा परेका हुन् । गत असारमा आएको वाढीका कारण खोलामा रहेको पुल बगेपछि विद्यार्थीहरु सबैभन्दा बढि मारमा परेका छन् ।

बेल्डाँडी ९ मा रहेको सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेको उक्त विद्यालयले जनाएको छ । पुल बगाएपछि सो विद्यालयका विद्यार्थीहरु घुमाउरो बाटो भएर लामो समयमा विद्यालय पुग्छन् । बेल्डाँडी गाविसले विद्यार्थी र स्थानियहरुको समस्यालाई मध्यनजर गर्दै सो स्थानमा पुल निर्माण गरेको थियो ।

बाढीले पुल बगाएसंगै स्थानियहरुलाई पनि आवत–जावतमा समस्या परेको छ । पानी परेको दिन विद्यार्थीहरु घरमै बस्ने गरेको पनि समस्या देखा परेको छ । घुमाउरो बाटो भएर विद्यालय जानका लागि बढी समय लाग्ने भएकाले विद्यार्थीहरु विद्यालय जान समेत् मान्दैनन् ।

सरस्वती माध्यामिक विद्यालयका प्राध्यानाध्यापक विष्णू सिंह भण्डारीले खोलामा पुल नहुँदा २५० बढी विद्यार्थीहरु प्रत्यक्ष मर्कामा परेको बताए । सो क्षेत्रबाट आउने विद्यार्थीहरु पुल बगेपछि कहिलेकाही विद्यालय नआउने, आए पनि ढिला आउने गरेको प्रअ भण्डारीले बताए । ‘घुमाउरो बाटो भएर विद्यालय आउनुपर्ने बाध्यता भएकाले उनीहरु समयमै विद्यालय आउन सकिराखेका छैनन् ।’, उनले भने ।

पुल पूनर्निर्माण नहुँदा विद्यार्थीहरुको बानिमा समेत असर पुगेको उनको ठहर छ । विद्यार्थी जस्तै सो विद्यालयका एक जना शिक्षकले पनि समस्या खेप्नु परेको छ । झिलमिलाबस्ती घर भएका शिक्षक मान बहादुर चन्दले पुल नभएका कारण आफुलाई पनि समस्या भएको बताउनुभयो । ‘पुल बगाएपछि, घुमाउरो बाटो भएर आउँदा आधा घण्टा लाग्छ ।’, उनले भने । ‘बर्षातले ग्रामिण कच्ची सडक बिग्रेको छ, हिड्न समस्या हुँदा विद्यार्थीहरुलाई झन्झट भएको छ ।’

पूल पूनर्निर्माणका लागि पहल भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो क्षेत्रका समाजसेवी दीर्घ बहादुर शाहले बताए । बगाएको पुल निर्माणका लागि विद्यालयले सामुदायिक बन लगायत यहाँका निकायहरुसित समन्वय भईरहेको छ ।