– नरेश केसी
भैरहवा, २ भदौ । कोरियामा आयोजना हुने दोस्रो विश्व तेकान्दो प्रतियोगितामा नेपालको तर्फबाट भैरहवाको एभरीबडी फिट्सका खेलाडी सहभागी हुने भएका छन् ।
दोस्रो डब्लु टिएफ क्याडेट ताइकान्दो प्रतियोगितामा सहभागिताको लागि एभरीबडी फिट्सका खेलाडी निसान भुसाल र राज बस्नेत छनौट भएका हुन् । यसैगरी सोही प्रतियोगितकोलागी विरगन्जका मुना तामांग पनि छनौट भएकी छन् ।
विश्व तेक्वान्दो महासंघको आयोजनामा दक्षिण कोरियाको मुजु शहरमा अगस्त २३ देखी २६ सम्म हुने प्रतियोगितामा नेपालकै प्रतिनिधत्व गर्दै एभरीबडी भैरहवाका २ खेलाडी र विरगन्जका १ खेलाडी गरी जम्मा ३ जना खेलाडी सहभागी हुन लागेको एभरीबडीका प्रबन्ध निर्देशक रुक्मा थपलियाले जनाईन् ।
कार्यक्रमको बारेमा जानकारी दिन बुधबार विहान भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिट्सकी प्रबन्ध निर्देशक थपलियाले एक वर्ष अगाडी स्थापना भएको फिट्सका खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउदां आफुहरु अत्यन्तै खुसी भएको बताइन् ।
सो प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रशिक्षकमा कोशिस बहादुर खड्का रहेका छन् । सन् १९९९ मा सम्पन्न भएको आठौं साफमा ताइक्वान्दोमा स्वर्ण पदक बिजेता खड्काद्वारा प्रशिक्षीत खेलाडीले विश्व ताइक्वान्दो महासंघद्वारा आयाजित तेक्वान्दोमा स्वर्ण पदक जिती नेपालको नाम उचो राख्नेमा एभरीबडी फिट्स विश्वस्त रहेको प्रबन्ध निर्देशक थपलियाले दाबी गरेकी छन् ।
कार्यक्रममा प्रशिक्षक खड्काले एभरीबडीका निशान र राज तथा विरगन्जका मुनाले कोरियामा आयोजना हुने विश्व ताइक्वान्दो प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक जिती प्रथम हुनेमा आफु विश्वस्त रहेको बताए । सो अवसरमा एभरीबडीका सल्लाहकार तथा ताइक्वान्दो प्रशिक्षक सचिन रोक्का, सुरेश कुमार जैसवाल र जोर्डन विक्रम श्रेष्ठले खेलाडीहरुलाई प्रतियोगिता सम्बपन्धमा आवश्यक टिप्स दिदैं उत्कृष्ट प्रदर्शन गरि पदक जित्नेमा आफुहरु ढुक्क भएको बताए ।
नेपाल तेक्वान्दो संघको आयोजनामा एक महिना अगाडी काठमाण्डौंमा सम्पन्न छनौट प्रतियोगिताबाट बुद्धजन्म स्थल लुम्बिनीको प्रवेशद्वार भैेरहवाका एभरीबडी फिट्स र विरगन्जका खेलाडीगरी ३ जना छनौट भएका थिए । विश्व तेकान्दो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै जाने खेलाडी र प्रशिक्षकलाई सरकारले कुनै सहयोग गरेको छैन ।
सम्बन्धित जिल्ला तथा फिट्सले नै सो खर्च व्योहोर्नेगरी प्रतियोगितामा जान लागेको अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी तथा तेक्वान्दो प्रशिक्षक खड्काले भने “अहिले सम्म सरकार तथा राखेप कतैबाट केही सहयोग छैन । हामीहरु आफ्नै खर्चबाट जादैंछौं तर खर्च जत्ति भएपनि विश्व करातें प्रतियोगितामा सहभागी हुन पाउदां खुसी लागेको छ र विश्वास छ मेरा खेलाडीहरुले कोरियामा स्वर्ण पदक जितेर नेपालको नाम उचो राख्नेछन् । ”
















प्रतिक्रिया