९ कार्तिक २०८३, सोमबार

विद्यार्थी संगठनहरुले भने- ‘विश्वविद्यालयका रिक्त उपकुलपति चाँडो नियुक्त गर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisanghaकाठमाडौँ, २ भदौ । रिक्त रहेको विश्वविद्यालयका उपकुलपतिहरु चाँडो नियुक्त गर्न संयुक्त विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय बागबजारमा आज बिहान बसेको संयुक्त विद्यार्थी सङ्गठनको भेलाले देशको उच्च शिक्षाको धरोहर विश्वविद्यालयमा नेतृत्वविहीन भएको भन्दै चाँडो नेतृत्व ल्याउन माग गरेको हो । विद्यार्थी सङ्गठनहरुले दलीय भागबन्डाभन्दा माथि उठेर नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले संयुक्त विद्यार्थी र शिक्षा मन्त्रालयबीच गत वैशाख ६ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरिएको बताउनुभयो ।

बैठकले अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य कमीसँगै नेपाल आयल निगमले नघटाएकामा आपत्ति व्यक्त गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेपछि सवारी साधनको भाडा घट्नुपर्नेमा नघटेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकले संयुक्त विद्यार्थी सङ्गठनले संविधान निर्माणमा दिएको सुझावलाई कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ ।

बैठकमा नेवि सङ्घका युपी लामिछाने, अनेरास्ववियुका ऐन महर, अखिल (क्रान्तिकारी)का रमेश मल्ल, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का कमलेश्वर यादव, अखिल (छैटौँ) का मिनकुमार सिवाकोटीलगायतको उपस्थिति रहेको थियो । रासस