९ कार्तिक २०८३, सोमबार

नवलपरासीमा बन्दविरुद्ध यसरी गरियो प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabal-parasiपरासी, २ भदौ । नवलपरासीमा लामो समयदेखि बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित भएको भन्दै बन्दविरुद्ध बजार सञ्चालनमा आएका छन् ।

जिल्लाको नवलपुर क्षेत्र, सुनवल र भूमही आसपासका बजार खुलाइएका छन् । लामो समयदेखि जिल्ला बन्द हँुदा व्यापारी चरम मारमा परेपछि व्यवसायीहरुले बजार सञ्चालनमा ल्याएका हुन् ।

नवलपरासीमा आज दसौँ दिन पनि बन्द आह्वान गरिएको छ । विभिन्न माग राख्दै थारुहट सङ्घर्ष समिति, संयुक्त मधेसी मोर्चा र अखण्ड नवलपरासी सङ्घर्ष समितिको आह्वानमा बन्द गराइएको छ ।

दस दिनको बन्दका कारण जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा उद्योग व्यापार, शैक्षिक संस्था, कलकारखाना, यातायात प्रभावित हुँदै आएको छ । रासस