९ कार्तिक २०८३, सोमबार

झापामा बुहारीलाई धमाधम स्कुल पढाउन थाले, शिक्षा निःशुल्क दिइँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenकाँकडभिट्टा (झापा), २ भदौ । झापाको कन्काई नगरपालिकास्थित भृकुटी उच्च माविले बुहारीलाई निःशुल्क पढाउने निर्णय गरेको छ ।

विसं २०६७ देखि उच्च मावि चलाउँदै आएको कन्काई–७ दुर्गापुरस्थित भृकुटी उमाविले यसै शैक्षिक सत्रबाट बुहारीलाई निःशुल्क पढाउने भएको हो ।

निःशुल्क अवसर दिएर उच्च शिक्षा अध्ययनका लागि बुहारीलाई प्रोत्साहित गर्ने यो झापाको दोस्रो उमावि हो । यसअघि गोलधापको जनजागृति उमाविले बुहारीलाई निःशुल्क पढाउँदै आएको छ ।

एसएलसी उत्र्तीणपछि विवाह गरेका बुहारीले उच्च शिक्षाको धोको पूरा गर्न पाउन् भनेर बुहारी पढाउन थालेको उमाविकी प्राचार्य अञ्जना सिटौला बताउनुहुन्छ ।

मानविकी, शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पढाइ सञ्चालन गर्दै आएको उमाविले वरपरका दुर्गापुर सामुदायिक भवन, प्रजापति सामुदायिक वन र जामुनखाडी सामुदायिक वनलगायतका संस्थामा पत्राचार गरेर आफ्नो गाउँका बुहारीलाई पढाउन पठाइदिन आग्रह गरेको छ ।

“पछिल्लो समय बुहारीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ”, उमाविकी प्राचार्य भन्नुहुन्छ– “तर आर्थिक समस्याका कारण धेरै बुहारी पढाइबाट वञ्चित भएका छन् । त्यसैले हामीले निःशुल्क पढाउने भएका हौँ ।”

उमाविले बुहारी पढाउन घरघरै गएर तथा टोल विकास संस्थालाई समेत खबर गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ । बुहारीलाई निःशुल्क पढाउने झापाको पहिलो उमावि जनजागृतिबाट हालसम्म ५० जना बुहारीले उच्च शिक्षा पूरा गरिसकेका छन् । रासस