२१ कार्तिक २०८३, शनिबार

ओलीलाई भेट्न राणा एकाएक किन गए बालकोट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-rana

काठमाडौं, २ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाबीच आज बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

सङ्घीयतामा सीमाङ्कनको विषयलाई लिएर भएको आन्दोलनले संविधान जारी गर्न समस्या सिर्जना गरेका बेला एमाले अध्यक्ष ओलीसँग राप्रपाका अध्यक्ष राणा र वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई पक्षबीच देशको वर्तमान राजनीतिक अवस्थामा र संविधान कसरी जारी गर्ने, सीमाङ्कनका विषयलाई कसरी टुङ्याउने भन्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ । रासस