काठमाडौं, २ भदौं । संविधानसभाको बैठक साँझ साढे पाँच बजेका लागि बोलाइएको छ ।
मस्यौदा समितिलाई नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न पाँच दिनको समय दिएर स्थगित संसदको बैठक बुधबार साँझ ५ः३० बजे बोलाइएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो ।
संविधानको अन्तिम मस्यौदा पेश गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार बैठक बोलाइएको हो । बैठक बोलाइएपनि अहिलेसम्म संविधानका विवादित विषयहरुलाई विशेष समितिले टुंग्याउन नसक्दा आजको बैठक प्रभावित हुनसक्ने बताइएको छ ।
विशेष समितिका संयोजक बाबुराम भट्टराईले सीमाकंनबाहेक अन्य विषयमा सहमति जुटेको बताएपनि मस्यौदा भने तयार हुन सकेको छैन ।












प्रतिक्रिया