९ कार्तिक २०८३, सोमबार

ललितपुरको धापाखेलस्थित नागदहमा दर्शनार्थीको भीड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagdahaललितपुर, २ भदौ । ललितपुरको धापाखेलस्थित नागदहमा आज बिहानदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको छ ।

नागपञ्चमीका दिन नागदहमा काली नागको पूजा गर्न स्थानीय धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, चापागाउँ, झरुवारशीलगायत उपत्यकाभित्रका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड बर्सेनि लाग्ने गरिएको छ ।

खेतीपातीमा कृषकका लागि रोपाइँमा आवश्यक पर्ने पानी ल्याएर सहयोग गरिदिने नागको सम्झनास्वरुप आजको दिन नागको पूजा गर्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ । लगनखेलबाट पाँच किलोमिटरको दूरी दक्षिणी भेगमा पर्ने करिब २५ रोपनी क्षेत्रमा फैलिएको उक्त दहमा काली नाग भएको जनविश्वास रहेको स्थानीयवासी उद्धव बस्नेतले बताउनुभयो । रासस