२१ कार्तिक २०८३, शनिबार

शान्ति समिति झापाका संयोजकसहित दशजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

झापा, २ भदौ । जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट आज बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

गणेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना लगायतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताउनुभयो ।

मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला संघर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ ।