५ कार्तिक २०८३, बिहिबार

उपचार गर्नेभन्दै ‘माता र धामी’ले महिलालाई कुटपिट गरे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बिरामी छोरीको उपचार गरिदिन्छु भन्दै कोठामा आएका माता र धामीले राजधानीमा एक महिलाको झन्डै ज्यान लिएका छन् ।

शुक्रबार काठमाडौंको टोखामा भएको घटनामा सोलुखुम्बुका जितमाया राई र छोरी वषाले झन्डै ज्यान गुमाउनु परेको समाचार गोरखा पत्र दैनिकले छापेको छ ।

२ वर्षअघिदेखि त्यहाँ डेरा गरी बस्दै आएकी १४ वर्षीया वर्षा राईलाई सोही स्थानमा डेरा गरी बस्ने काभ्रेका अमृतसिंह लामा र सुनिता तामाङले उपचार गरिदिने बहानामा कुटपिट गरेका हुन् ।

त्रिवि अस्पताल महाराजगंजले कुटपीटबाट कानको नसा चुँडिएको रिर्पोट दिएको जितमायाले बताईन ।

कुटाइका कारण वर्षाको अनुहार र छातीमा नीलडाम छ । म काली डङकिनी हुँ भन्दै काँधमाथि चढेर कपाल लुछ्ने र जथाभावी कुटन् थाली छोरीलाई ढालेर छाती पेट सबैतिर लात्ताले हाने ।

अन्तिममा छुरी खोज्न थाले नपाएपछि तरकारी ताछ्ने पिलर भेटेपछि रोप्न खाजे त्यसपछि छुट्याउन गए, जितमायाले भनिन् ।