१० कार्तिक २०८३, मंगलबार

अमेरिकी कङ्ग्रेसका सांसद सुटुक्क संविधानसभा बैठकमा छिरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानसभा भवनभित्र छिर्नुअघि अमेरिकाको कंगेस पार्टीका सांसद भर्न बुचाननसहितको टोली सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दै ।
संविधानसभा भवनभित्र छिर्नुअघि अमेरिकाको कंगेस पार्टीका सांसद भर्न बुचाननसहितको टोली सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दै ।

काठमाडौँ, १ भदौ । अमेरिकी कङ्ग्रेसका सांसद भर्न बुचाननको नेतृत्वमा रहेको अमेरिकी संसदीय टोलीले संविधानसभा, संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई र अन्य सभासद्सँग संविधान लेखन र नेपालको व्यवस्थापिका–संसदका बारेमा छलफल गरी आवश्यक जानकारी लिएको छ ।

नयाँबानेश्वरस्थित संविधानसभा भवन पुगेर उक्त टोलीले नेपालको संसद् सञ्चालन र व्यवस्थापनको बारेमा उहाँहरुसँग जानकारी लिएको हो । टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराईसँग पनि भेटवार्ता गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुर्दशन कुईंकेलले जानकारी दिनुभयो ।

व्यवस्थापिका-संसद सञ्चालन भइरहेको समयमा बैठक कक्षको दर्शकदीर्घामा बसेर उक्त टोलीले सांसदले बैठकमा प्रस्तुत गर्नुभएको मन्तव्यबारे जानकारी हासिल गरेको थियो ।

टोली दर्शकदीर्घामा रहेको समयमा बैठकको अध्यक्षता गरिरहनुभएका सभामुख नेम्वाङले ‘अमेरिकी कङ्ग्रेको सांसदको टोली नेपालको संसद्को अवलोकन गर्न दर्शकदीर्घामा रहनुभएकाले उहाँहरुलाई स्वागत गर्दछु’ भन्नुभएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडे पनि सहभागी हुनुहुन्थ्यो । रासस