धादिङ, १ भाद्र । आफ्नी आमा छाडेर बाबु पर–स्त्रीसँग सल्किएको भन्दै धादिङमा छोराले बाबुको हत्या गरेका छन् ।
घरायसी विवाद हुँदा आफ्नै छोराले धकल्दा त्रिपुरेश्वर६ बस्ने ८४ बर्षीय डम्बर बहादुर थापाको सोमबार मृत्यु भएको छ ।
मृतकका ५६ बर्षीय छोरा बलराम थापाले परस्त्रीसँग लागेको भनि झैंझगडा भई धकल्दा डम्बर बहादुर लडन गई घटनास्थलमानै मृत्यु भएको थियो ।
बलराम थापालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया