१ कार्तिक २०८३, शनिबार

नेपालमा पहिलो पटक भेस्पाको स्टाइलिष्ट स्कुटर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vespaकाठमाडौं, १ साउन । चर्चित इटालियन स्कुटर भेस्पाको स्टाइलिष्ट नयाँ मोडल पहिलो पटक नेपालमा भित्रिएको छ ।

नेपाली कम्पनी डि लाइफ स्टाइल्सले मंगलबारदेखि भेस्पालाई नेपाली बजारमा बिक्री शुरु गरेको हो । भेस्पा उत्पादक इटालीयन कम्पनी पियाजियो समुहका प्रबन्ध निर्देशक स्टेफानो पेले र नेपालका लागि आधिकारिक विक्रेता डि लाइफ स्टाइल्सका प्रबन्ध निर्देशक आभूषण ज्योती कंसाकारले संयुक्त रुपमा भेस्पा स्कुटर सार्वजनिक गरेका हुन् । भेस्पा भिएक्स र भेस्पा एस नामक दुई मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो ।

भिएक्स मोडलको मूल्य दुई लाख ४९ हजार नौं सय ४६ र एस मोडलको मूल्य दुई लाख ६३ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । आकर्षक चार रंगको भेस्पा नोपली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

vespa-scoterएक सय २५ सीसीको भेस्पामा तीन वटा भल्भ इन्जिन सहित डिस्क ब्रेक, स्टिल बडी र ट्युबलेस टायर रहेको बताइएको छ । इटालीको पियाजियो समुहले सन् १९४६ देखि विभिन्न मोडलमा स्कुटरहरु उत्पादन गर्दै आइरहेको छ ।