९ कार्तिक २०८३, सोमबार

कपिलवस्तुमा गोली चल्यो, तीनको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolकपिलवस्तु, १ भदौ । छ दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा आज झडप भएको छ ।

झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी प्रहार, एक दर्जन अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको छ ।

लाठी प्रहारबाट तमलोपाका जिल्ला उपाध्यक्ष धरमबहादुर लाल श्रीवास्तव घाइते भएका छन् । यसैगरी ढुङ्गा प्रहारबाट सङ्घीय समाजवादी फोरमका जिल्ला नेता अब्दुल रसिंद खाँ घाइते भएका छन् ।

घाइते छ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागी गम्भीर घाइते भएका तीन जनालाई भैरहवा मेडिकल कलेज पठाइएको तौलिहवा अस्पतालका डा पवनकुमार अग्रहरिले बताउनुभयो ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप सभासद् बृजेशकुमार गुप्ताले लगाउनुभयो । रासस