९ कार्तिक २०८३, सोमबार

हप्ता असुली र ठेक्कापट्टाले संगठन विग्रियो : योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh_Bhattariकाठमाडौँ, १ भदौ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले विद्यार्थीले अब सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय शैक्षिक विभागले आज यहाँ आयोजना गरेको ‘दोस्रो विधान सम्मेलन र अबको अनेरास्ववियु’ विषयको अन्तक्र्रियामा उहाँले अनेरास्ववियुका सदस्यले वर्षमा एक महिना कर्णाली तथा मधेस क्षेत्रमा केन्द्रित भई सामाजिक जनचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभएको हो ।

नेता भट्टराईले सङ्गठनका सदस्य हप्ता असुली र ठेक्कापट्टामा लागिपरेकाले अब सङ्गठनलाई रुपान्तरण गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्रकुमार राईले विद्यार्थी सङ्गठनका चारित्रिक गुण समाप्त भइसकेको बताउँदै अब अनेरास्ववियुले छुट्टै भूमिका निर्वाह गरी पहिचान र औचित्यलाई देखाउन सक्नुपर्ने विचार राख्नुभयो ।

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले सङ्गठनले सार्वजनिक शिक्षाको सुधारलाई प्रमुख कार्यसूची बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । शैक्षिक विभागका प्रमुख सुदेश पराजुलीले सङ्गठनमा आबद्धताका लागि उमेर हद ३२ वर्ष कायम हुनुपर्ने, केन्द्रीय पदाधिकारीका लागि स्नातकोत्तर अध्ययन गरिरहेको हुनुपर्ने, केन्द्रीय सदस्य तथा सचिवालयका लागि स्नातक तह अध्ययन गरिरहनुपर्ने व्यवस्था लागू गर्नुपर्नेलगायत सुझाव राख्नुभयो । रासस