९ कार्तिक २०८३, सोमबार

‘छोरी र ज्वाइँलाई एकै नजरले हेरिदेउँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta-citizenshipकाठमाडौँ, १ भदौ । ‘प्रस्तावित नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्था विभेदकारी भएकाले’ धेरै नेपाली नागरिक नागरिकताबाट वञ्चित हुने खतरा भएको सभासद् तथा महिला अधिकारकर्मीले बताएका छन् ।

मिडिया एडभोकेसी ग्रुपले आज यहाँ आयोजना गरेको ‘संविधानमा नागरिकता’ विषयको अन्तक्र्रियामा सभासद् रेखा शर्माले नेपाली आमाबाट जन्मेको बच्चा नै नागरिकताविहीन हुने खतरा भएको बताउनुभयो । शर्माले भन्नुभयो – “आमा वा बुबाको नामबाट नागरिकता दिँदा रक्त वंश अशुद्ध हुन्छ, विदेशी रगत पस्छ भन्ने कुरासमेत दलका प्रभावशाली नेताबाटै सुनियो, तीन मुख्य पार्टीका महिला सभासद्हरु पनि नागरिकताका विषयमा एक ठाउँमा उभिन नसक्नु दुःखद् भयो ।”

अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठले २१औँ शताब्दीमा पनि ज्वाइँबाट मात्र खतरा देख्नु गलत भएको विचार राख्नुभयो ।

पूर्व सभासद् पुष्पा भुसालले सर्वोच्च अदालतले यसअघि नै १६ वर्ष पुगिसकेपछि नागरिकता मौलिक अधिकार भएको उल्लेख गरिसकेको भए पनि संविधानको हरेक धारामा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा राखिएको गुनासो गर्नुभयो । उहाँले आमा पनि देशको नागरिक भएको हुनाले आमालाई वंशीय अधिकार दिनुपर्ने र विभेदकारी कुरा संविधानमा लेख्न नहुनेमा जोड दिनुभयो ।

ग्रुपका अध्यक्ष बबिता बस्नेतले नागरिकताका विषयमा पनि छोरी वा ज्वाइँलाई समान व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रस्तावित संविधानमा नेपाली नागरिक भएको अवस्थामा आमा वा वुबाका नामबाट नागरिकता दिने भन्नेमा लगभग दलबीच सहमति भए पनि विदेशीले नेपाली छोरा वा छोरीसँग विवाह गर्दा नागरिकता पाउने वा नपाउने विषयमा विवाद छ । यसअघि विदेशी नेपालमा आएर बसोबास गरेको १५ वर्षपछि नागरिकता पाउने व्यवस्था थियो तर अहिले त्यो व्यवस्था पनि नगरिएको सभासद्को भनाइ छ । रासस