काठमाडौँ, १ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीले राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
छ प्रदेशको सीमाङ्कनमा चुरेबिना नै सीमाङ्कन गरिएकामा आपत्ति प्रकट गर्दै पार्टीले २ नं प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर तथा ५ नं प्रदेशमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र त्यस क्षेत्रसँग जोडिएका चुरे क्षेत्रका जिल्ला पनि समावेश गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता केशव झाले जारी गरेको विज्ञप्तिमा झापादेखि पर्सासम्म एक प्रदेश र नवलपरासीदेखि कञ्चनपुरसम्म दोस्रो प्रदेश बनाउनुपर्नेमा जोड दिइएको छ । रासस















प्रतिक्रिया