३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्री गौतमलाई संसद बैठकमै अमरेशको चुनौती-‘सक्छौं भने जेल हाल’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amaresh-bamdevकाठमाडौं, १ भदौ । विखण्डनकारी अभिव्यक्ति दिएर विवादमा आएका नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंहले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।

मंगलबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा अमरेशले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमकै अगाडि आफ्नो भाषणको अडियो रेकर्ड सुन्ने तिर नलाग्न भन्दै सिधै जेल हाल्न सरकारलाई चुनौती दिएका हुन् ।

‘सक्छ भने गृहमन्त्रालयले देश टुक्र्याउछु भन्ने सभासदलाई जेलमा हालोस् । जेल पनि अरु होइन गोलघरमा हालोस् ।’ बैठकमा अमरेशले कडा चुनौती दिँदै भने ।

गत साता कैलालीको टिकापुरमा आयोजित कार्यक्रममा थारुहरुलाई उत्तेजित पार्दै मधेसवादी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले पहाडेलाई लेखट्ने र देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।

यस्तो अभिव्यक्ति दिएपछि गृहमन्त्री गौतमले सरकारका तर्फबाट उनीहरुको भाषणको अडियो रकर्ड सोमबार संसदमा पेश गरेका थिए । सभामुखको निर्देशन अनुसार संसदबाट सो अडियो रेकर्ड अहिले छानविन तथा कारवाहीका लागि संसदको राज्य समितिमा पुगेको छ ।

मधेसी नेतामाथि कारवाही प्रक्रिया अघि बढाउन बसेको राज्य व्यवस्था समितिको बैठकमा सभासद सिंहले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेर राज्यलाई चुनौती दिएको समितिका सदस्य मानप्रसाद खत्रीले दैनिक नेपाललाई बताए ।

उनका अनुसार कैलालीमा दिइएको विखण्डनकारी भाषणबारे बैठकमा कुरा उठ्ने वित्तिकै समिति सदस्य समेत रहेका सभासद सिंहले यस्ता अडियो रकर्ड आफूहरुसँग पनि रहेको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

अमरेश सिंहको यस्तो भनाई आएपछि आफूले आपत्ति जनाउँदै प्रशासनले नसके जनताले कारवाही गर्ने चेतावनी दिएको सभासद् खत्रीले बताए । सुदूरपश्चिमको बझाङका निर्वाचित सभासद खत्रीले भने-‘बैठकमा जो चोर उसैको ठूलो स्वर भनेजस्तै भयो । यो भनाईले प्रशासनले कारवाही नगर्ने जस्तो देखियो । अब सुदूरपश्चिममा गएर बिखण्डनको भाषण गर्ने र साम्प्रदायिक दंगा भड्काउन खोज्नेलाई जनताले कारवाही गर्नेछन् ।’

गत साता कैलालीको टिकापुरमा थारु समुदायद्धारा आयोजित एक सभामा मधेसी नेताहरु अमरेश कुमार सिंह, उपेन्द्र यादव र राजेन्द्र महतोले जातिय सद्भाव भड्काउने विखण्डनकारी अभिव्यक्ति दिएका थिए ।

यो पनि पढ्नुहोस् । 

अमरेशले कैलालीमा भने-‘हतियार देखाएर पहाडियालाई धपाउनुपर्छ’