चितवन, १ भदौ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पाँच विकास क्षेत्रलाई नै सङ्घीय राज्यका रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय देखिएको सङ्घीयताको विवादलाई पाँच विकास क्षेत्रले सहज रुपमा सम्बोधन गर्ने विचार व्यक्त गर्नुभयो । सो अवधारणाअनुसार सङ्घीयता लागू भए मधेस, पहाड र तराई सबै एक हुने उहाँको भनाइ छ ।
सबैको पहिचान समेटिने गरी धार्मिक स्वतन्त्रता कायम गरिने पनि उहाँले बताउनुभयो ।
नेत्री कोइरालाले पार्टी अधिवेशनमा सभापतिमा लड्न टोली तयार गरेको जानकारी दिँदै महाधिवेशनले पदाधिकारीको सङ्ख्या वृद्धि गर्नुपर्ने बताउनुभयो । रासस















प्रतिक्रिया