सप्तरी, १ भदौ । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
संयुक्त मधेसी मोर्चाको मधेस बन्दमा मंगलबार सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा स्थानीय राजीव रौतको मृत्यु भएको हो ।
झडपमा परी दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएकाहरुलाई उपचारका लागि विराटनगर र राजविराज अस्पताल पठाइएको छ । बिहानदेखि तनावपूर्ण रहेको भारदहमा प्रदर्शनकारी र प्रहरीबीचको झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासले नटेरेपछि गोली चलाइएको हो । यसअघि प्रहरीले दर्जनौ सेल अश्रुग्यास ग्याँस प्रहार गरेको थियो । जसबाट १६ जना बढी प्रदर्शनकारी घाइते भएका छन् ।
यसैबीच प्रदर्शनकारीले सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । सुरक्षामा खटिएका प्रहरीको भ्यान समेत जलाउने प्रयास गरेका छन् । झडपपछि सप्तरीको भारहद अहिले सडक सुनसान बनेको छ ।












प्रतिक्रिया