२१ कार्तिक २०८३, शनिबार

संविधानका बाँकी विषयमा सहमति खोज्दै शीर्ष नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १ भदौ । संविधानका विवादित बाँकी विषयमा सहमति खोज्न दैनिक सरह छलफल गर्दै आएका प्रमुख चार दल कांग्रेस, एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूले आज पनि परामर्श गर्दैछन् ।

सिंहदरबारमा बस्ने शीर्ष नेताहरू सम्मिलित कार्यदलको बैठकमा संघीय राज्यको सिमाङ्कन, नागरिकता, धर्मनिरपेक्षतालगायतका विषयमा छलफल हुने बुझिएको छ ।

छ वटा संघीय राज्यको सिमाङ्कन आएपछि मधेशी, थरुहट, कर्णाली र अन्य विभिन्न जिल्लामा असन्तुष्टि छाएको छ । उनीहरूका मागलाई पनि सम्बोधन गर्न शीर्ष नेताहरूले पहल गर्नेछन् ।

भदौ दोस्रो सातासम्म संघीय राज्यको सिमाङ्कनसहित नयाँ संविधान जारी गर्ने तयारीमा रहेका दलहरूले मधेश केन्द्रित दलका साथै आन्दोलनरत पक्षसँग पनि भेटवार्ता र परामर्श गर्दै आएका छन् ।