देउखुरी, १ भदौ । दाङको देउखुरीस्थित सतबरियामा अपरिचित समूहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।
नेपालगञ्जबाट बुटवल जाँदै गरेको लु १८ प २५३२ नम्बरको मोटरसाइकलमा सोमबार राति सतरिया– ४ उचानिम्बुमा अपरिचित समूहले आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।
मध्यराति बजे ४–५ जनाका युवाहरुको समूहले मोटरसाइकल रोकेर मोटरसाइकल चालक र पछाडि बसेका दुबै जनालाई हातपात गर्दै मोटरसाइकलमा आगजानी गरेका थिए ।
मोटरसाइकलमा सवार चालक रुपन्देही रुद्रपुर– ४ का विष्णुप्रसाद रेग्मी र पछाडि बसेका रुकुम जिल्ला रुकुमकोट– १ का डिल्लीजङ्ग शाहलाई सोमबार राति नै अर्को गाडीमा राखेर बुटवल पठाइएको छ ।
आगजनी गर्नेहरूको पहिचान नभए पनि खोजी कार्य तीब्र पारिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।












प्रतिक्रिया