काठमाडौं, १ भदौ । गलत कागजात र विवरण देखाई कुवेत र सिंगापुर हिँडेका चार युवतीलाई त्रिभुवन विमानस्थलले पक्राउ गरेको छ ।
विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जानेभन्दै ढाँटेर कुबेत जान लागेकी एक युवतीलाई पक्राउ गरिएको हो भने सिंगापुर अध्ययागमनले फर्काएका ३ युवतीलाई विमानस्थल अध्यागमनले पक्राउ गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईँको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।
सिंगापुर अध्यागमनले फर्काइएका पाल्पाकी गंगा पोखरेल, पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँबर पनि पक्राउ परेका हुन् ।















प्रतिक्रिया