५ कार्तिक २०८३, बिहिबार

विदेशीसँग विहे गर्दा महिलाले नागरिकता भएकै जिल्लामा विहे दर्ता गर्नुपर्ने नयाँ प्रावधान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bibah-dartaकाठमाडौं, १ भदौ । वैधानिक विवाहको आवरणमा चीन र कोरियामा महिला तस्करी हुन थालेपछि गृह मन्त्रालयले विवाह दर्तासम्बन्धी कानुन कसिलो बनाएको छ ।

विदेशी नेपाली नागरिकबीचका विवाह दर्ताका कागजपत्र सहजै बन्न थालेपछि मन्त्रालयले कसिलो व्यवस्था गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

गृहले जुन जिल्लाबाट नागरिकता बनाएको हो, त्यही जिल्लामा मात्रै विवाह दर्ता हुने प्रावधान थपेको छ ।

गृह प्रवक्ता लक्ष्मी ढकालले जुनसुुकै जिल्लामा पनि विवाह दर्ता हुन सक्ने प्रावधानले महिला तस्करीमा संलग्नलाई सहज बनाएको देखिएकाले दर्ता प्रक्रिया संशोधन गरेको जानकारी दिए ।