काठमाडौँ, ३२ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने प्रबन्ध सरकारले मिलाएको सदनलाई जानकारी दिनुभएको छ ।
सङ्घीय प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै यही साउन २५ गते सुर्खेतमा प्रदर्शन भएको थियो । सो प्रर्दशनीमा तीनजनाको मृत्यु भएको थियो । हाल सो प्रदर्शनी सामान्य बन्दै गएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री गौतमले मुलुकमा विभिन्न भागमा घटेका घटनाका बारेमा सदनलाई जानकारी दिने क्रममा सो उहाँले सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।












प्रतिक्रिया