२१ कार्तिक २०८३, शनिबार

काभ्रेमा सिलिण्डर बम विस्फोट, गाउँमा भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ३२ साउन । काभ्रेपलान्चोकको वनेपामा सोमबार सिलिण्डर बम विस्फोट भएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको नेपाल बन्दका दिन वनेपा-११ स्थित सल्ला पाखा सामुदायिक वन क्षेत्रमा आज दिउँसो १ बजेतिर सिलिण्डर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार बम विस्फोट हुँदा काभ्रेको बनेपादेखि धुलीखेलसम्म जनताहरु त्रासित बनेका छन् । बम पड्केपछि एकछिन बस्तीमा भागादौड मच्चिएको डीएसपी केसीले बताए ।

अहिले घटनास्थलमा नेपाल प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । ‘घटनाको अनुसन्धान गरिरहेका छौं । कसले पड्काएको भन्ने बारेमा कुनै पत्ता लागेको छैन् । घटनामा भएको क्षतिको विवरण पनि संकलन गरिरहेका छौं ।’ घटनास्थलबाट उनले भने ।

डीएसपी केसीका अनुसार यसअघि पनि काभ्रेमा वैद्य माओवादीको बन्दका समयमा २ पटक बम विस्फोट भएको थियो ।