२१ कार्तिक २०८३, शनिबार

उपेन्द्र, अमेरश र राजेन्द्र महतोलाई गृहमन्त्री गौतमको कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, ३२ साउन । जातिय हिंसा भड्काउने अभिव्यक्ति दिएर सामाजिक सद्भाव खल्बल्याउन खोज्ने मधेसी नेताहरुलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कडा चेतवानी दिनुभएको छ ।

संविधानसभाको आजको बैठकमा मधेसी नेताहरुले विखण्डनकारी अभिव्यक्ति दिएको अडियो रेकर्ड प्रस्तुत गर्दै गृहमन्त्री गौतमले संसदबाटै मधेसी नेताहरुलाई कारवाही गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘संसदबाट कारवाही प्रक्रिया अगाडि बढाइयोस्, त्यसपछि छानविन गरी म कारवाही गरी गर्छु ।’

नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंह, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो कैलालीसहित देशका विभिन्न सभाहरुमा देश टुक्र्याउने, जातिय हिंसा फैलाउने खालका विखण्डनकारी अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्री गौतमले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी अमरेश सिंह लगायतले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै यसबारेमा संसद्ले गम्भीर सोच्नुपर्ने पनि बताउनुभयो ।

Upendra-ameresh-rajendraउहाँले अमरेशलगायतका केही मधेस केन्द्रित नेताहरुले हतियार उठाउने अभिव्यक्ति दिएर समाजमा त्रास र उत्तेजना फैलाउन खोजेको आरोप पनि लगाएका छन् । उनले जनतामा त्रास सिर्जना गर्ने नेता तथा सभासद्लाई कुनै हालतमा पनि नछाडिने चेतावनी समेत दिनुभयो ।

‘जनतामा त्रास फैलाएर राजतीनि गर्ने नेता सभासद्लाई कानुनी दायरामा ल्याएरै कारवाही गरेरै छाडिन्छ, यो विषयमा संसदको सकारात्मक सहयोगको अपेक्षा पनि गर्दछु’ उहाँले भन्नुभयो । कैलालीको टिकापुरमा आयोजित थारु समुदायको कार्यक्रममा अमरेश, उपेन्द्र र राजेन्द्रले जातीय सद्भाव भड्काउने र सामाजिक हिंसा मच्चाउने खालका अभिव्यक्ति दिएका थिए ।