काठमाडौँ, ३२ साउन । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको गठनबन्धनले नेपाल बन्द फिर्ता लिएको छ ।
राजधानीमा बन्दको प्रभाव कम परेपछि बन्द दिउँसो १ बजेपछि फिर्ता गर्न लागिएको स्रोतले जनायो । वैद्य नेतृत्वको माओवादी, जनजाति तथा मधेसी दलले हिजो र आज दुई दिनका लागि बन्द आयोजना गरेका थिए । बन्दकर्ताहरुले मध्यान्ह १२ बजेपछि काठमाडौँको रत्नपार्कमा प्रदर्शन गर्ने तयारी गरेका छन् । सभालाई नेकपा(माओवादीका महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।













प्रतिक्रिया