
काठमाडौं, ३२ साउन । जुम्लामा स्थानीयले सुरु गरेको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले आज कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नु परेको जनाएको छ ।
प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि आइतबार प्रहरीले गोली चलाउनु परेको थियो ।
प्रशासनका अनुसार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको छ।
आइतबार प्रहरीले चलाएको गोली लागि पाँचजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।
प्रदर्शनकारीले आइतबार जिल्लाका सबै सरकारी कार्यालयका साइन बोर्ड हटाएका छन्। जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा रहेका बोर्ड हटाउन खोजेपछि प्रहरीसँग झडप सुरू भएको थियो ।












प्रतिक्रिया