काठमाडौं, ३२ साउन । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहितका तीन दर्जन बढी राजनीतिक दलले आह्वान गरेको आमहड्तालको दोस्रो दिन मुलुकभरिको जनजीवन कष्टकर बनेको छ ।
बन्दका कारण सवारी साधन चल्न सकेका छैनन् । विद्यालय, उद्योग, कलकारखाना, बजार, पसलसमेत खुलेका छैनन् ।
यसैबीच, बन्द सफल बनाउन हिँडेका बन्दकर्तालाई प्रहरीले काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा–माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित २७ जना रहेको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य दिलिप प्रजापतीले जानकारी दिनुभयो ।
यसैबीच, नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहितका दलहरूले काठमाडौंमा आजै सभासमेत गर्दैछन् । उनीहरूले दिउँसो एक बजेपछि रत्नपार्कस्थित शान्तिबाटीकामा सभा गरेर धारणा राख्ने प्रजापतीले जानकारी दिनुभयो ।












प्रतिक्रिया