२१ कार्तिक २०८३, शनिबार

कैलालीलाई सुदूरपश्चिमबाट टुक्र्याउन को-को लागे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-and-baburamकाठमाडौं, ३२ साउन । कैलालीलाई सुदूरपश्चिमबाट टुक्र्याउन फेरि राजधानीमा बहस सुरु भएको छ । दलहरुबीच भएको ६ प्रदेशको सीमांकनमा परिमार्जन माग्दै थारु समुदायले आन्दोलन थालेपछि केन्द्रीय नेताहरु कैलाली टुक्र्याउने मनस्थितीमा पुगेका हुन् ।

विशेषगरी प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकले शीर्ष नेताहरुको बैठकमा कैलाली टुक्र्याउन जोरदार आवाज उठाइरहेका छन् । कैलाली टुक्र्याउने पक्षमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक विशेष समितिका सभापति डा. बाबुराम भट्टराई, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्ती अञ्चलका सभासद्हरु जनार्दन शर्मा, कृष्णबहादुर महरा, प्रकाश ज्वाला लगायत रहेका छन् ।

सुदूरपश्चिमबाट कैलाली टुक्र्याए थारुको माग सम्बोधन हुने यी सबै नेताहरुको बुझाइ छ । थारु समुदायहरु अहिले पनि आन्दोलन गरिरहेका छन् । आइतबार मात्रै एमाओवादी अध्यक्ष प्रचण्डले थारुको असन्तुष्टिलाई सम्बोधन गरिने बताएका थिए । त्यस्तै, बाबुरामले पनि थारुलाई विशेष अधिकार दिन कैलाली र कञ्चनपुर नभए कञ्चनपुर छाडेर कैलाली थारुवान प्रदेश गाभ्नुपर्ने बताउँदै आएका छन् । आफ्नो प्रस्ताव राख्दै बाबुरामले कैलालीमा थारुवानमा प्रदेशमा मिलाए अति उत्तम हुने भनेर टुक्र्याउन सार्वजनिक आग्रह गरेका थिए ।

गच्छदारले पनि कैलाली र कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने अडान राख्दै सम्वाद समितिमा फरक मत राखेका छन् । मधेसी सभासद्ले पनि कैलाली कञ्चनपुर माग्दै जोडदार माग गरिरहेका छन् । राप्ती अञ्चलका सबै सभासद् कैलालीलाई पाँचौं प्रदेशमा समेटेर दाड्डलाई प्रादेशिक राजधानी बनाउने कसरतमा छन् ।

deuba-rawalधेरै नेताहरुले कैलाली टुक्र्याउने प्रयास गरिरहँदा सकिरहेका छैंनन् । त्यसको एउटै कारण नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको अडान । देउवाले सुदूरपश्चिमलाई अखण्ड राख्नुपर्ने अडान राखेपछि प्रचण्ड बाबुराम गच्छदारले कैलाली र कञ्चनपुरलाई टुक्र्याउन नसकेका हुन् ।

त्यसैकारण आइतबारको बैठकमा बाबुराम र देउवाबीच भनाभन भएको समाचार आएको थियो । सुदूरपश्चिमका नेता देउवा र एमाले उपाध्यक्ष भीम रावलको अडानका कारण अहिलेसम्म कैलाली र कञ्चनपुरलाई टुक्र्याउने निर्णय हुन सकेको छैन् ।