काठमाडौं, ३२ साउन । उच्चस्तरीय राजतीतिक विशेष समितिको बैठकमा नयाँ प्रस्ताव आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले संघीयताको प्रदेशमा अल्झेर विवाद बढाउनुभन्दा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने प्रस्ताव अघि सारेको बैठक स्रोतले जनाएको छ ।
‘संबिधान निर्माणसम्बन्धी आजको बैठकमा यो लफड़ा निम्त्याउनुभन्दा त बरु पाँच बिकास क्षेत्रअनुसारकै पाँच प्रदेश तोक्नु बेस भन्ने केपी, रामचन्द्र र देउवाको राय आएको छ ।’ बैठकमा सहभागी एक नेताले दैनिक नेपालसँग भने ।
स्रोतका अनुसार यो प्रस्तावलाई विशेष समितिका सभापति डा. बाबुराम भट्टराई र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानेका छैनन् । उनीहरु नयाँ ढाँचाको संघीयताको अडानमा छन् ।
यस्तै, बैठकमा धर्म निरपेक्षता हटाउने, बिशेष स्वायत्त क्षेत्रको संरचना र नागरिकतामा सहमति हुन नसकेकाले फरक मत राख्दै एमाओवादीले जनतामा जाने निर्णय गरेको छ । अदालत र अख़्तियारमा पुनर्नियुक्ति नहुने विषयमा भने दलहरु सहमत भएका छन् ।













प्रतिक्रिया