३० आश्विन २०८३, शुक्रबार

नेपाल भारतसँग पराजित, उपाधि सपना पुनः सेमिफाइनलबाटै तुहियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saff-u-16काठमाडौँ, ३१ साउन । भारतसँग १-० ले पराजित भएपछि नेपाली किशोर टोली १६ वर्षमुनि (यु–१६)को तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमै रोकिएको छ ।

बङ्गलादेशको सिलहेटमा भर्खरै सम्पन्न खेलमा भारतका रहिम अलीले खेलको २२औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक भयो । नेपाली खेलाडीले अन्तिमसम्म गरेको गोल फर्काउने प्रयास असफल भएपछि नेपालको उपाधि सपना पुनः सेमिफाइनलबाटै तुहिएको छ ।

दुई वर्षअघि काठमाडौँमा भएको प्रतियोगितामा पनि भारतले घरेलु टोली नेपाललाई फाइनलमा १–० ले स्तब्ध पार्दै उपाधि जितेको थियो ।

अब उपाधि भिडन्तका लागि आयोजक बङ्गलादेश र भारत भिड्ने पक्का भएको छ । आजै सम्पन्न पहिलो सेमिफाइनलमा बङ्गलादेशले अफगानिस्तानलाई १–० ले नै हराएको थियो । रासस