१ कार्तिक २०८३, शनिबार

बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Touristकाठमाडौँ, ३१ साउन । संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले आज गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्चलगायतका सङ्घसंस्थाले आज एक विज्ञप्ति जारी गर्दै बन्दको भत्र्सना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “वर्षौंकोे राजनीतिक र संवैधानिक अन्योललाई चिरेर संविधानसभा गणतान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दै गर्दा विभिन्न माग राख्दै बन्द गर्नु राम्रो कार्य होइन ।”

भूकम्पछि फेरि जुर्मराउन थालेको नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको पर्यटन क्षेत्र विरोधको यो बन्द शैलीबाट तत्काल मात्र होइन, दीर्घकालीन रुपमा समेत घाइते भइरहेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच असहमति, दबाब वा विरोधको शैली बदल्न पर्यटन क्षेत्रका सङ्घसंस्थाले बन्दकर्तालाई अपिलसमेत गरेका छन् । रासस

Release