धनगढी ३१ साउन । अखण्ड सुदूरपचिम जनआन्दोलन परिचालन समितिले भोली (साउन३२) गतेदेखी अनिश्चितकालिन आमहड्ताल घोषणा गरेको छ ।
आईतबार एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दे सुदूरपचिमबासीहरु संयमित र गम्भीर भएका बेला मधेशबादी दलहरुबाट सुपबासीको एकता खल्बलाउने अभिव्यक्ति दिईरहेकोले खबरदारी गर्न साउन ३२ गते सोमबारबाट अनिश्चितकालिन आमहड्ताल घोषणा गरेको संयोजक गोपाल देउवाद्धारा बिज्ञप्तीमा उल्लेख छ ।
सुदूरपश्चिमबासीको एकता माथि ईष्र्या गर्ने र सद्भाव बिथोल्ने मधेशी बिखन्डनकारीहरुले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति भएको बिज्ञप्तीमा उल्लेख छ । बिखण्डनकारी अभिव्यक्ति दिएको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरहरुले मधेशमुलका नेताहरुलाई कैलालीमा आमन्त्रण नगर्न समेत थरुहट पक्षधरलाई चेतावनी दिएको छ ।
‘हाम्रो आग्रहलाई बेवास्ता गरी कमजोर ठाने त्यसबाट उत्पन्न हुने परिस्थितीको परिणाम आयोजक पक्ष र तिनै समाज भाड्ने नेताहरु जिम्मेवार हुने कुरा यसै बिज्ञप्ती मार्फत अबगत गराउँदछौ,’ देउवाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कैलाली कञ्चनपुर सहितको थरुहट प्रदेशको माग राख्दै सोमबार धनगढीमा थरुहट थारुवान संघर्ष समितिले आमसभाको आयोजना गरेको छ । आमसभालाई सम्बोधन गर्न बिभिन्न पार्टीका केन्द्रीय नेताहरु धनगढी आउने कार्यक्रम छ ।
केहि दिनअघि टिकापुरमा थरुहट पक्षले आयोजना गरेको आमसभामा मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले पहाडिया समुदायका बिरुद्ध हतियार उठाउन थारु समुदायलाई आग्रह गरेका थिए ।
साथै सामाजिक एकतालाई अझ बलियो बनाई सुदूरपश्चिम माथीको संभाबित उच्छृङखल गतिबिधि हुन नदिन र अखण्ड सुदूरपश्चिम कायम गराउन भोलीदेखी पुनः अनिश्चितकालिन आमहड्ताल आव्हान गरिएको हो ।
कडा भन्दा कडा रुपमा हुने बन्दलाई अबज्ञा गरे हुन आउने क्षतिको जिम्मेवारी स्वयम अबज्ञाकारी रहने कुरा पनि बिज्ञप्ती मार्फत अबगत गराईएको छ । आन्दोलन परिचालन समितिले आज साँझ धनगढीमा मोटरसाईकल ¥याली समेत निकाल्ने जनाएको छ ।














प्रतिक्रिया