२१ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीविरुद्ध थारु सभासद्ले संसद थर्काए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एनेकपा (माओवादी) का गौरीशङ्कर चौधरीले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनबाट भएको दमनप्रति विरोध जनाउनुभयो ।

नेकपा एमालेका जयप्रकाश थारूले थारू समुदायले आफ्ना हकको सुनिश्चितताका लागि गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अहिलेको प्रदेश विभाजनमा पुनः विचार गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका जगदीश नरसिंह केसीले नुवाकोटको ओखरपौवाको ‘ल्यान्डफिल साइट’बाट स्थानीय वातावरणमा प्रतिकूल असर परेको भन्दै ल्यान्डफिल साइट सञ्चालन सम्बन्धमा स्थानीय जनतासँग भएको आठबुँदे सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का जनकराज चौधरीले सीमाङ्कनबाट थारू समुदायको अस्तित्व नामेट गर्ने प्रयास भएको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारू, आदिवासी र जनजातिमाथि भएको कुटपिटको विरोध गर्नुभयो ।

सङ्घीय समाजवादी फोरमका लालबाबु राउतले लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने आफूहरूको नैसर्गिक अधिकार प्रहरी दमनबाट हनन भएको दुखेसो गर्नुभयो ।

नेपाली काँग्रेसका वीरबहादुर बलायरले चार दिनअघि कैलालीको टीकापुरमा आयोजित एक कार्यक्रममा मुलुकको राष्ट्रिय स्वाधीनता एवम् अखण्डताविरुद्ध व्यक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउनुभयो । उहाँले त्यस्तो अभिव्यक्ति दिनेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

राप्रपा नेपालका दीलनाथ गिरीले जनमत सङ्ग्रहबाट सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषय टुङ्गो लगाउन माग गर्नुभयो ।